२०८३ बैशाख ४ शुक्रबार
Social Media Icons
२०८३ बैशाख ४ शुक्रबार

भगवती आ.वि मा ६१ओैं वालदिवस सम्पन्न

डोटीको पूर्वीचौकी गाउँपालिका वडा नम्बर १ खिरसैनको भगवती आधारभूत विद्यालयमा ६१ओै बाल दिवस सम्पन्न भएको छ।

समान पहुँच विकास केन्द्र (सिड)नेपाल डोटी तथा वर्ल्ड भिजन ईन्टरनेशनल नेपालको सहयोगमा वक्तृत्वकला र हाजिर जवाफ प्रतियोगिता कार्यक्रम  गरेर  दिवस सम्पन्न भएको हो ।

बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी भन्ने विषयमा कक्षा ७ र ८ का विद्यार्थी लाई वक्तृत्वकला र कक्षा ४ र ५ विद्यार्थीलाई हाजिरी जवाफ प्रतियोगिता गरी दिवस मनाइएको प्रधानाध्यापक छत्र खड्काले बताए ।

आज बालबालिका माथि लगानी लगाए मात्र बालबालिकाको भविष्य सुनिश्चित हुने भन्दै आमाबुबाले आफू माथि लगानी लगाउनु पर्ने सहभागीले बताए ।

बाल दिवस  बालबालिकाहरूको सम्मानमा प्रत्येक वर्ष मनाइन्छ । बाल दिवस ले सम्पूर्ण बालबालिकाको हक अधिकारका लागि आवाज उठाउने काम गर्दछ । अन्तर्राष्ट्रिय रूपमा १ जुन तथा नेपालमा भदौ महिनाको २९ गते मनाइन्छ। नेपालको संविधान २०७२ भाग ३ र धारा ३९ अन्तर्गत पर्ने मौलिक हकहरूमा बालबालिकाको हक अधिकार को व्यवस्था गरिएको छ। छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।