२०८२ कार्तिक २१ शुक्रबार
Social Media Icons
२०८२ कार्तिक २१ शुक्रबार

डोटीको बडिकेदारमा पहिलोपटक फुटबल प्रतियोगिता सुरु

एकेन्द्र चन्द,
डोटी:विजयादशमीको पावन अवसरमा डोटी जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित बडिकेदार गाउँपालिका–१, बिपिनगरमा प्रथम बडिकेदार गोल्ड कप खुला फुटबल प्रतियोगिता सुरु भएको छ।

एकता युवा क्लब, बिपिनगरको आयोजनामा र बडिकेदार गाउँपालिकाको आर्थिक सहयोगमा केदार सूर्य बहुमुखी क्याम्पसको खेलमैदानमा प्रतियोगिता आरम्भ भएको क्लब अध्यक्ष निर्मल बोहराले जानकारी दिनुभयो।

गाउँपालिकामा पहिलोपटक आयोजना गरिएको यस फुटबल प्रतियोगिताले स्थानीय तहमा लुकेर रहेका प्रतिभाशाली खेलाडीलाई उजागर गर्ने मात्र नभई प्रदेश र केन्द्रीय स्तरमा समेत अवसर प्राप्त गर्न सक्ने सम्भावना रहेको बडिकेदार गाउँपालिकाका उपाध्यक्ष तथा प्रमुख अतिथि डम्बरी बिष्ट (कलेल)ले बताउनुभयो। उहाँले आगामी दिनमा पनि युवा र खेल क्षेत्रलाई प्राथमिकतामा राखी कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ। असोज १३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद रु. ४० हजार, द्वितीय हुने टोलीलाई नगद रु. २० हजार र उत्कृष्ट खेलाडीलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिने आयोजक जनाएको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।