डोटी : डोटीमा मृत अवस्था भेटिएका पुरुषको पहिचान खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक नवराज रावल अनुसार, शिखर नगरपालिका–८ गोपघाट स्थायी घर भएका २८ वर्षीय शंकर बलायर मृत अवस्था फेला परेको खुलेको हो ।
प्रहरी निरीक्षक रावलका अनुसार शनिबार विहान तीन बजे जिल्लाको शिखर नगरपालिका–८ गोपघाट केआईसिंह राजमार्गको सडकमा घोप्टाे अवस्थामा टाउँको गम्भीर चाेट लागेको अवस्था मृत फेला परेको बताए ।
मृतक फेला परेका बलायर नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफीक व्यवस्थापन कार्यालय पथलैया वारा दरबन्दी भई हाल जिल्ला ट्राफीक प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी जवान रहेको प्रहरी निरीक्षक रावलले बताए ।
उनी १८ दिनको दशै बिदामा असोज ७ गते डोटी आएका थिए ।
के कारणले मृत्यु भएको भन्ने बारेमा खुलेको छैन । घटनाबारे थप अनुसन्धानका लागि घटना स्थलमा प्रहरी निरीक्षक रावलको कमान्डमा प्रहरी खटिएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।















