२०८३ बैशाख ४ शुक्रबार
Social Media Icons
२०८३ बैशाख ४ शुक्रबार

डोटीको बिपिनगरमा इलाका प्रशासन कार्यालय स्थापना हुने

डोटी-  डोटीको दक्षिण  भेगमा रहेको  बडी केदार गाउँपालिका वडा नम्बर – १ बिपिनगरमा इलाका प्रशासन कार्यालय स्थापना हुने भएको छ । बडी केदार गाउँपालिका जोरायल गाउँपालिका र बोगटान फुड्सिल गाउँपालिकाका केही वडाहरूलाई
लक्षित गरेर इलाका प्रशासन कार्यालय  स्थापना गर्न लागिएको हो ।

अर्थ मन्त्रालयले स्रोत सुनिश्चितताका लागि स्वीकृति प्रदान गरेसँगै इलाका प्रशासन स्वीकृत भएको हो ।

नागरिकता राहदानी ,राष्ट्रिय  परिचयपत्र  ,मतदातानवलि   लगायतका सेवा लिन जिल्ला सदरमुकाम सिलगढी  पुग्न यस क्षेत्रका नागरिकलाई कठिनाइ  हुने गरेको छ ।

नागरिकको वर्षौँ देखिको माग पूरा भएको छ अब नागरिकता बनाउनकै लागि कम्तीमा दुई तीन  दिनको समय र ८र१०हजार  रुपियाँ बचत हुने र  शिक्षा, स्वास्थ्य, पर्यटन प्रवर्धन तथा लगायतका  सरकारी सेवा उपलब्ध गराउन भएका प्रयास सफल हुँदै गएको बडी केदार गाउँपालिकाका अध्यक्ष भैरव साउदले बताउनु भयो ।

सङ्घीयताको मर्म अनुसार सहज सेवा दिन राज्यले गरेको निर्णय स्वागतयोग्य भएको भन्दै यस क्षेत्रका स्थानीय खुसी भएका छन् ।

इलाका प्रशासन कार्यालय स्थापना भएपछि नागरिकले सामान्य कामका लागि पनि सदरमुकाम धाउनु नपर्ने जोरायल गाउँपालिका वडा नम्बर -६ का वडा अध्यक्ष  गणेश बोहराले बताउनु भयो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।