डाेटीकाे पूर्वीचौकी गाउँपालिकामा सातौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता यही पुस २६ गते देखि संचालन हुने जानकारी दिइएको छ ।
गाउँपालिकाले बिहीबार एक सूचना जारी गर्दै पालिकाको वडा नं.४ सानागाउमा रहेको सरस्वती माध्यमिक विद्यालयमा प्रतियोगिता सञ्चालन हुने बताइएको छ ।
प्रतियोगिता पालिका स्तरीय खेल पर्वको रूपमा मनाउन र विद्यार्थी खेलाडीहरूको स्वच्छ प्रतिस्पर्धा प्रदर्शन गर्न अवसर प्रदान गर्नको लागि आयोजना हुने र राष्ट्रपति रनिङशील्ड प्रतियोगिता सञ्चालन निर्देशिका २०७० (पाँचौँ संशोधन) अनुसार अनुसूची ४ मा समावेश भएका खेलाडीहरू बिच प्रतियोगिता सञ्चालन हुने खेलकुद सहजकर्ता दीपेन्द्र बहादुर कठायतले बताए।
पालिका भित्रका सम्पूर्ण माध्यमिक विद्यालयले आफ्नो विद्यालयका खेलाडी छनोट गरी विद्यार्थीहरूको नामावली र खेल शिक्षकको विवरण यही मिति २०८२ पुस २४ गतेभित्र आयोजकलाई बुझाउनुहुन अनुरोध समेत गरिएको छ।















