२०८३ भाद्र १८ बिहीबार
Social Media Icons
२०८३ भाद्र १८ बिहीबार

पूर्वीचौकीमा सञ्चालित राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि मष्टामाण्डौलाई

डोटीको पूर्वीचौकीमा गाउपालिकामा सञ्चालित  अन्तर विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता  मष्टामाण्डौ माध्यमिक विद्यालय पूर्वीचौकी ७ पोखरीले जितेको छ। 

पूर्वीचौकीको मुकाममा रहेको सरस्वती माध्यमिक विद्यालयको प्राङ्गणमा  सम्पन्न ७ औँ राष्ट्रपति रनिङ शिल्डको उपाधिमा मष्टामाण्डौ माध्यमिक विद्यालयले ९ स्वर्ण १० रजत र ६ कांस्य पदकका साथ रनिङ शिल्ड जित्न  सफल भएको हो।

शाजेन्द्रश्वर माध्यमिक विद्यालय पूर्वीचौकी १,खिरसैनले ९ स्वर्ण ८ रजत र १० कांस्य पदकसहित द्वितीय भएको छ। त्यस्तै ५ स्वर्ण ३ रजत र ५ कांस्य सहित नेत्रेश्वरी माध्यमिक विद्यालय पूर्वीचौकी २ बगलेक तेस्रो भएको छ ।


यस अघि पनि अन्तर विद्यालय स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि पनि मष्टामाण्डौ माध्यमिक विद्यालयले नै हात पारेको थियो । 
पुस २६ गतेबाट सुरु भएको प्रतियोगिता सोमबार सम्पन्न भएको छ । 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।