प्रतीक्षा धामी ,
डोटी, ११ असार , डोटीको बडीकेदार गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले आधारभूत तह कक्षा १ डेखी ३ सम्म अध्यापन गराउने शिक्षकहरूका लागि एकीकृत पाठ्यक्रम तथा पाठ्यसामग्री सम्बन्धी कस्टमाईज्ड तालिम सञ्चालन गरेको छ।
बडीकेदार गाउँपालिका–खड्यौली, डोटीमा आयोजित उक्त तालिम असार ११ गते देखि १३ गतेसम्म सञ्चालन हुने जनाइएको छ। आधारभूत तहका शिक्षकहरूको शिक्षण सीप अभिवृद्धि गर्ने तथा एकीकृत पाठ्यक्रम र पाठ्यसामग्रीको प्रभावकारी प्रयोगबारे जानकारी गराउने उद्देश्यले तालिम आयोजना गरिएको हो।
तालिममा बडिकेदारभित्रका कक्षा १ देखि ३ सम्म अध्यापन गराउने शिक्षकहरूको सहभागिता रहेको छ। कार्यक्रमको आयोजना बडीकेदार गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले गरेको हो भने प्राविधिक सहयोग UNICEF/सामुदायिक विकास केन्द्र (CDC), डोटीले प्रदान गरेको छ।















