डोटीको पूर्विचाैकि गाउँपालिका स्वास्थ्य शाखाले बजार अनुगमन गरेर प्रतिस्थापन गर्ने बस्तुहरू बिक्री वितरण नगर्न आग्रह गरेको छ ।

शुक्रवार पालिकाकाे मुख्य बजारहरूमा अनुगमन गरी आमाको दूध प्रतिस्थापन गर्ने बस्तुहरूको (बिक्री वितरण नियन्त्रण) ऐन २०४९को कार्यान्वयनका लागि निरीक्षण अनुगमन गरिएको पूर्वीचाैकी स्वास्थ्य शाखा प्रमुख पूर्ण बहादुर धानुकले बताए ।
अनुगमन टाेलिले, ओेेैषधि पसल, हाेटल, थाेक तथा खुद्रा पसल लगायतका पसलहरुमा अनुगमन गरेकाे हाे ।

पालिका उपाध्यक्ष पशुपति खड्काको नेतृत्वमा पालिका सूचना अधिकृत गगन भण्डारी , स्वास्थ्य शाखा प्रमुख पूर्ण बहादुर धानुक,स्वास्थ्य शाखा सह संयोजक राजु खड्का ,स्वास्थ्यकर्मी लक्ष्मण भुल,पत्रकार ,प्रहरी सहितको टोलीले बजार अनुगमन गरी पसल दर्ता, नवीकरण, म्याद गुज्रेका समानहरू, आमाको दूध प्रतिस्थापन गर्ने बस्तुहरूको बिक्री वितरणकाे स्थिति जाँचबुझ गरी आवश्यक सल्लाह सुझाव समेत दिएको छ ।
















