२०८३ बैशाख ८ मंगलवार
Social Media Icons
२०८३ बैशाख ८ मंगलवार

डोटीका आगलागी पीडितलाई गाउँपालिकाद्वारा राहत प्रदान

डोटी: डोटीको बडिकेदार गाउँपालिका -३ वस्सेनीमा भएको आगलागी पीडित परिवारलाई बडिकेदार गाउँपालिकाले राहत उपलब्ध गराएको छ ।

पालिकाले  मंगलवार साझ आगो ताप्ने क्रममा घरमा आगलागी भएको सरिता घर्तीमगरको परिवारलाई राहत प्रदान गरेको हो ।

पालिकाले तत्काल खाद्यान्न, बलान्केट, त्रिपाल आवस्यक कपडा , भाडाब्रतन लगायत करिब २८ हजार बराबरको राहत सामग्री अग्नि पीडित परिवारलाई सहयोग गरेको गाउँपालिकाका उपाध्यक्ष डम्बरी बिष्ट कलेलले बताउनु भयो ।

तत्काल थोरै भए पनि सहयोग पुगोस् भनेर राहत प्रदान गरेका छौ आगामी दिनमा पालिकाले थप सहयोग गर्ने  बडिकेदार गाउँपालिका विपत् व्यवस्थापन फोकल प्रसन चक्र कलेलले बताउनु भयो । प्रहरी मुचुल्का अनुसार आगलागीबाट २ लाख बराबरको क्षति भएको थियो ।

घरमा भएको सबै सामान जलेर नष्ट भयो अब के खाने कसरी परिवार पाल्ने भन्ने निक्कै चिन्ता लागेको छ पिडितले बताएकी छन् । पालिकाले तत्काल राहत उपलब्ध गराएको र यसले केही राहात भए पनि आउदा दिनमा समस्या हुने हुँदा सहयोग गरिदिन पीडित महिला सरिता घर्तीमगरले आग्रह गर्नुभएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।