डोटी : “स्वदेशमा नै रोजगारी गरौँ, वैदेशिक रोजगारीमा जानै परे सही सूचना लिएर र सीप सिकेर मात्र जाऔँ” भन्ने सन्देशसहित सुरक्षित आप्रवासन (SaMi) कार्यक्रमको चौथो चरण कार्यान्वयन मोडालिटी सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
पूर्वीचौकी गाउँपालिकाको आयोजनामा सानागाउँ स्थित गाउँपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा बोल्दै रोजगार संयोजक हरिभक्त साउँदले वैदेशिक रोजगारीमा जानुअघि आवश्यक सूचना, सीप र कानुनी प्रक्रियाबारे जानकार हुनुपर्ने बताए ।
उहाँले स्वदेशमै रोजगारी सिर्जना गर्नु आजको आवश्यकता रहेको समेत उल्लेख गरे ।
कार्यक्रममा बोल्दै कार्यक्रम अधिकृत लक्ष्मी चौधरीले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सबै सरोकारवालाहरूको सहकार्य आवश्यक रहेको बताइन । साथै, सहभागीहरूलाई वैदेशिक रोजगारसम्बन्धी जोखिम न्यूनीकरणका उपाय र सचेतनाबारे जानकारी दिए ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि,कर्मचारी तथा सरोकारवाला,पत्रकार र सुरक्षाकर्मीको समेत सहभागिता रहेको थियो।
कार्यक्रम स्वीस सरकार विकास एसडीसी (SDC)को सहयोगमा सञ्चालन गरिएको हो ।















