२०८३ जेष्ठ १७ आईतवार
Social Media Icons
२०८३ जेष्ठ १७ आईतवार

भारतमा रेल दुर्घटना, तीन नेपालीसहित ११ जनाको मृत्यु

काठमाडौं: भारतको महाराष्ट्रस्थित जलगाउँमा रेल दुर्घटना हुँदा तीन नेपालीसहित ११ जनाको ज्यान गएको छ । दुर्घटनामा ४० जनाभन्दा धेरै घाइते भएका छन्।

दुर्घटनामा ज्यान गुमाउनेमध्ये सात जनाको मात्रै पहिचान भएको छ । जसमा तीन नेपाली छन् ।

दैनिक भास्करको रिपोर्टअनुसार ज्यान गुमाउनेमा ११ वर्षीय नन्दराम विश्वकर्मा, २३ वर्षीय लच्छी राम पासी र ४३ वर्षीया कमला भण्डारी रहेका छन् । अरू मृतकको सनाखत हुन सकेको छैन ।

घाइतेहरूको स्थानीय पाचोरा ग्रामीण अस्पतालमा उपचार भइरहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

लखनऊबाट मुम्बई जाँदै गरेको रेल जलगाउँको रेलवे ट्र्याकमा दुर्घटनामा परेको समाचारमा उल्लेख छ । गुडिरहेको रेलमा आगो लागेको आशङ्का गरेर यात्रीहरू ट्र्याकको अर्कोतिर हाम फालेका थिए ।

त्यही समयमा अर्को रेलमा ठोक्किर पनि केही मानिसको ज्यान गएको बीबीसी हिन्दीले जनाएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।