डाेटी ,,माघ ,१३
डोटीको पुर्वीचौकी गाउँपालिकामा रोजगार कार्यक्रमका सहभागीलाई अभिमुखीकरण गराइएको छ ।
यही माघ ९ गते पालिकाको वडा नं.७ पोखरी बाट सुरु गरिएको अभिमुखीकरण कार्यक्रम वडा नं.३ गैरागाँउमा आज(आइतबार) सम्पन्न भएको गाउँपालिका रोजगार संयोजक हरिभक्त साउँद बताए ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत पालिका भरीका विभिन्न विकास निर्माणका योजनाहरू निर्माण मर्मतका लागी ८४ जना व्यक्तिहरूलाई अभिमुखीकरण गराइएको रोजगार संयोजक साउँद बताए ।

पालिकाको वडा नं. १ खीरसैनका १४ जना, वडा नं. २ बगलेकका १० जना, वडा नं. ३ गैरागाउँका १२ जना, वडा नं. ४ सानागाउका ११ जना, वडा नं. ५ काडामाण्डौका १६ जना, वडा नं. ६ गाँजरीका ९ जना र वडा नं. ७ पोखरीका १२ जना सहभागी रहेका थिए ।

कार्यक्रममा सहभागिहरुले आ.व २०८१/०८२ मा माघ ०९ गते देखि वैशाख २५ गते सम्म जम्मा १०० दिनको रोजगार पाउने छन् श्रमिकले सहभागी भए बापत १ दिनको रु.६६८ का दरले ज्याला रकम पाउने बताइएको छ ।

आ.व. २०८१÷/०८२ को कार्यक्रममा ७ वटै वडाबाट छनौट भएका श्रमिकहरूलाई वडा स्तरीय अभिमुखीकरण गराई रोजगार कार्यक्रममा सहभागी गराइएको हो ।
काममा सहभागी श्रमिकहरूको नेपाल सरकारले ७ लाख बराबरको बिमाको पनि व्यवस्था गरेको छ ।















