डाेटीकाे पुर्विचाैकी गाउपालिका वडा नं ७ काे कार्यालय पाेखरिले राष्ट्रपति रनिङ शिल्ड बिजेतालाई सम्मान गरेकाे छ ।




वडा कार्यालयमा आज (आइतबार) एक कार्यक्रमकाे आयाेजना गरि ३३ जना छात्र छात्रालाई शैक्षिक सामाग्री र नगद पुरस्कार दिएर सम्मान गरीएकाे वडा सचिव बिष्णु खड्काले जानकारी दिए ।

पुर्विचाैकी गाउपालिका डाेटीमा भएकाे छैटौ राष्ट्रपति रनिङ शिल्डमा वडा नं ७ पाेखरिमा रहेकाे मष्टामाण्डाै माध्यमिक विद्यालयका बिद्यार्थीले सबै भन्दा बढी स्वर्ण पदक लिएर प्रथम भएका थिए ।

याे विद्यालय भाैगाेलिक दृष्टिले दुरिमा भए पनि सिमित स्रोत र साधनका बाबजुद पनि विद्यार्थीहरुले उत्कृष्ट खेल प्रदर्शनी गरेर राष्ट्रपति रनिङ शिल्डकाे उपाधि दिलाएकोमा धन्यवाद दिदै सम्मान गरिएको वडा अध्यक्ष प्रेम खड्काले बताए ।

गत पुस २९ गतेे सम्पन्न पालिका स्तरीय छैटौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पुर्विचाैकि गाउपालिका वडा नं ७ मा रहेेकाे मष्टामाण्डाै माध्यमिक विद्यालयले १४ स्वर्ण ५ रजक, ५ कास्य सहित उपाधि जितेकाे थियाे ।















