२०८२ कार्तिक २१ शुक्रबार
Social Media Icons
२०८२ कार्तिक २१ शुक्रबार

बडीकेदार गाउँपालिकाले गर्‍यो ज्येष्ठ नागरिकलाई सम्मान

माघ २३ डोटी
डोटीको बडीकेदार गाउँपालिकाले वडा नम्बर १ अन्तरगत रहेका ज्येष्ठ नागरिकहरूलाई कम्मल र टर्च लाइट वितरण गरी सम्मान गरेको छ ।

बुधवार वडा नम्बर १ को कार्यालय रिसेडीमा एक औपचारिक कार्यक्रमको आयोजना गरी सम्मान गरेको गाउँपालिकाकी उपाध्यक्ष डम्मरी विष्ट कलेलले बताइन् ।

सम्मान कार्यक्रममा बोल्दै उपाध्यक्ष कलेलले चिसोको समयमा वृद्ध आमाबुवाहरूलाई न्यानो हुन राहत पुग्नुका साथै रातीको समयमा बाहिर भित्र गर्न सहजता होस भन्ने हेतुले वडा अन्तरगत रहेका ज्येष्ठ नागरिकहरूलाई कम्मल र टर्च लाइट वितरण गरेको बताइन् ।

पालिकाले ज्येष्ठ नागरिकहरूको निःशुल्क स्वास्थ्य उपचार लगायत यस्ता विभिन्न सम्मानका कार्यक्रमहरू समय समयमा सञ्चालन गर्दै आइरहेको समेत बताइन् ।

वडा अन्तरगत धेरै ज्येष्ठ नागरिकहरू रहेका भए पनि अरूलाई अन्य कार्यक्रममा समावेश गरिने समेत बताइन् ।
पालिकाले ज्येष्ठ नागरिकहरूलाई सम्मान गरेको कार्य प्रशंसायोग्य रहेको जिल्ला समन्वय समिति डोटीका सदस्य ठक्कर बोहराले बताए । आगामी दिनमा पालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने कुरामा जोड दिएका थिए ।

ज्येष्ठ नागरिकहरूको सम्मान गर्नु हामी सबैको दायित्व रहेको वडा नम्बर १ का वडा अध्यक्ष डबल बोहराले बताए ।

ज्येष्ठ नागरिकहरूलाई नेपाल सरकार र पालिकाले दिने गरेको विभिन्न सुविधाहरू आफै आफ्नो स्वास्थ्यको लागि प्रयोग गर्न आवश्यक रहेको समेत अध्यक्ष बोहराले बताए ।
पालिकाले वडा नम्बर १ बाट सुरुवात गरेको ज्येष्ठ नागरिकलाई सम्मान कार्यक्रम क्रमशः पालिका अन्तरगतका सबै वडाहरूमा सञ्चालन गरिने जनाएको छ ।

वडा नम्बर १ मा १३ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा गाउँपालिका उपाध्यक्ष, जिल्ला समन्वय समिति डोटीका सदस्य, वडाका जनप्रतिनिधि, कर्मचारी, स्थानीय, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।