तेजु ओलि ,असार २५
डोटी जिल्ला प्रशासन कार्यालयको सभाहलमा आज सूचना अधिकारी तथा सञ्चारकर्मीबीच समन्वय बैठक सम्पन्न भएको छ। बैठकमा जिल्लाका विभिन्न सरकारी कार्यालयका सूचना अधिकारीहरू तथा सञ्चार माध्यमका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
बैठकमा सूचनाको हक ऐनको प्रभावकारी कार्यान्वयन, जिल्लाका सतहमा आएका गुनासाहरु,सरकारी सूचना प्रवाहमा पारदर्शिता, तथा सञ्चारकर्मी र सरकारी निकायबीचको समन्वयका विषयमा गहन छलफल भएको थियो।
यसरी जिल्ला स्थित सरकारी कार्यलय का सुचना काररी र संचारकर्मि संगै भएको बैठक नया र प्रभावकारी भएको बताउदै पत्रकार कर्ण चन्दले प्रहरी बाट पाएको सुचना आधिकारिक भएता पनि पछाडि हटेको ले आम जनमानसमा असर पर्ने गरेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै पत्रकार महासंघ डोटी शाखाका अध्यक्ष प्रकाश बमले भ्रामक सूचना र अफवाह नियन्त्रण, विपद् तथा आकस्मिक अवस्थाहरूमा सूचना व्यवस्थापन, तथा गुनासो संकलन, नागरिक वडापत्र र जवाफदेहिता लगायतका बिषयमा कुरा राख्नु भयो ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी मोहन राज जोशिले कार्यक्रम समापन गर्दै बैठकले सूचना अधिकारीहरूलाई नागरिकमैत्री ढंगले सेवा प्रवाह गर्न प्रेरित गर्ने र सञ्चारकर्मीहरूलाई तथ्यमा आधारित जानकारी दिन सहयोग पुर्याउने विश्वास व्यक्त गरिएको थियो। सुचना आधिकारिक र सन्चारकर्मी विच संगै एउटै ठाउमा सहभागी गराउदा गुनासो समयमै समाधान हुने र सुचना आम जनमानसमा चाडै पुग्ने बताउनुभयो।















